फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
नेपालखोज
२०७६ पुष ९ गते १७:३९
९ पुस, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको गुटगत विवादका कारण पुन केन्द्रीय समिति बैठक सरेको छ । आन्तरिक विवाद नमिल्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिस्कार गरेका कारण विहिबारसम्मकालागि बैठक स्थगित गरिएको छ । अब शुक्रबार बैठक बस्ने छ । आन्तरिक विवाद मिलाउन यसअघि पटकपटक केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको छ।
पार्टी महाधिवेशन कार्यतालिका सार्वजनिक, विभाग गठन र भातृ संगठनको भागवण्डाका विषयमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न सकेको छैन। सहमतिका लागि बुधबार पनि प्रयास भएको थियो।
तर, सहमति जुट्न नसक्दा बैठक सारिएको हो। मंसिर २६ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक पौडेल र सिटौला पक्षले बहिस्कार गर्दै आएका छन्।
सम्बन्धित
प्रतिक्रिया