बिहीबार, चैत १५, २०८०

बागलुङ जिल्ला प्रशासन कार्यालयमा प्रभु वैक

नेपालखोज २०७६ पुष ९ गते १६:४०

९ पुस ,बाग्लुङ । जनताको पहुँचमा सहज पहुँच पु¥याउने उदेश्यले प्रभु बैंकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । प्रभु वैकको एक्स्टेन्सन काउण्टरको प्रमुख जिल्ला अधिकारी लुकबहादुार क्षेत्रीले उद्घाटन गरेका हुन् ।
बाग्लुङको जिल्ला प्रशासन कार्यालयमा सेवाका लागि आउने सेवाग्राहीलाई सेवा शुल्क वापतको रकम जम्मा गर्न सहजताका लागि काउण्टर सञ्चालनमा ल्याएको वैकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको बताएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने देखिन्छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा ब्त्ः, ३९ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया