बैंकिङ प्रणालीबाट आज पुन एक खर्ब रुपैंयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैङ्किङ प्रणालीबाट आज पुन एक खर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकका अनुसार भदौ ३० गते अर्थात् आज आइतबार अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा यो परिमाणमा निक्षेप खिच्न लागेको हो ।
बैङ्किङ प्रणालीबाट अधिक तरलता बढेकाले यसलाई नियन्त्रणमा राख्न रकम तान्न लागिएको राष्ट्र बैंकको भनाई छ । यसरी खिचिएको निक्षेप उपकरणको परिपक्व हुने अवधि २१ दिन तोकिएको छ । सो अनुसार यो उपकरणको सावाँ व्याज भुक्तानी मिति असोज २० गते तोकिएको छ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।
प्रतिक्रिया