शुक्रबार, वैशाख ७, २०८१

३० हजार घुस सहित लेखा अधिकृत शिवकुमार घिमिरे पक्राउ

नेपालखोज २०७६ पुष १० गते १४:५८

१० पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरेलाई ३० हजार घुस सहित रंगेहात पक्राउ गरेको छ ।

घिमिरेसँग लेखापाल कुवेर केसीलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रवक्ता कोइरालाका अनुसार घिमिरे र केसीले विज्ञापन प्रकाशन गरे बापतको भुक्तानी रकममा घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगबाट खटिए गएको टोलीले दुवै जनालाई घुस लिईसकेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रतिक्रिया