शुक्रबार, चैत १६, २०८०

मेची–महाकाली रेल मार्गः निजगढ–बर्दिबास खण्डमा मुआब्जा वितरण सुरु

नेपालखोज २०७६ पुष ११ गते ९:१७

११ पौष, काठमाडाैं । मेची–महाकाली विद्युतीय रेल मार्ग अन्तर्गत निजगढ–बर्दिबास खण्डमा ट्र्याक निर्माण कार्यका लागि सरकारले रौतहटमा अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सुरु गरेको छ ।

रेल तथा मेट्रो विकास आयोजना सिमरा बर्दिबास खण्ड साइट कार्यालय बर्दिबासबाट मुआब्जा दिन सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारीअनुसार रेल मार्गमा पर्ने जिल्लाको ५० बिघा अर्थात ३३० कित्ताभन्दा बढी जग्गा अधिग्रहण गरिएको छ ।

जसमध्ये प्रक्रिया पूरा भएका जग्गाधनीलाई मुआब्जाबापतको रकम साइट कार्यालय बर्दिबासबाट वितरण सुरु भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया