सोमबार, वैशाख ३१, २०८१

सुनचाँदीको मूल्य सामान्य घट्यो

नेपालखोज २०७९ कार्तिक ३ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया