बिहीबार, वैशाख १३, २०८१

हुम्लामा बिहानैदेखि हावाहुरी, हवाई यातायात बन्द

नेपालखोज २०७६ पुष ११ गते १३:४५

११ पुष, सिमकोट । (आज) शुक्रबार बिहानैदेखि हुम्लामा हावाहुरी सुरु हुँदा जनजीवन प्रभावित भएको छ । हावाहुरी बाक्लो चलेपछि मानिसहरु घर बाहिर आउजाउ गर्न कठिन भएको छ ।

बिहानैबाट तापक्रम माईनसमा पुगेपछि चिसो धेरै बढेको छ । बाटोमा जताततै बरफ जमेर हिँडडुल गर्न समेत कठिन भएको छ । धारामा पानी बरफ जमेर खानेपानीको समस्या भएको छ ।

अग्ला डाँडाहरुमा हुरी बतासले हिउँ उडाएको दृश्य रमणीय देखिएको छ । हावाहुरीकै कारण हुम्लाको एक मात्र यातायात हवाई सेवा सञ्चालनमा आउन सकेको छैन । (आज) शुक्रबार समिट, सीता र तारा एयरका जहाजहरुले एक दर्जन भन्दा बढी उडान भर्ने तालिका थियो ।

प्रतिक्रिया