शुक्रबार, वैशाख १४, २०८१

काजकस्तानमा जहाज दुर्घटनाः मर्नेको संख्या १५ पुग्यो, ६० जना घाइते

नेपालखोज २०७६ पुष ११ गते १४:०५

एजेन्सी । काजकस्तानको अल्माती एयरपोर्ट नजिकै (आज) शुक्रवार बिहान एक यात्रुवाहक विमान दुर्घटना हुँदा मर्नेको संख्या १५ पुगेको छ । यो दुर्घटना कम्तीमा ६० जना घाइते भएका छन् ।

एयरपोर्ट अधिकारीका अनुसार विमानमा ९८ जना सवार थिए। यिनमा ९३ जना यात्रु र ५ जना चालक दलका सदस्य थिए । समाचार अनुसार ‘बेक एयर’ को उडान नम्बर जेड ९२१०० जहाज अल्माती शहरबाट राजधानी नुर सुल्तानतर्फ जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

उड्ने बित्तिकै बिहान ७ बजेर २२ मिनेटमा जहाजले सन्तुलन गुमाउँदै दुई तले घरमा बजारिएको थियो । उद्धारकर्मीले दुर्घटनाग्रस्त जहाजाबाट ८ जना बालबालिकालाई पनि जीवितै निकालेका छन् । रोयटर्सका अनुसार जहाँ दुर्घटना भयो, त्यहाँ बाक्लो कुहिरो थियो । तर दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन् । कजाकस्तानका राष्ट्रपति कासम जोमार्टले घटनाप्रति दुःख जनाएका छन् ।

उनले जहाज दुर्घटनाको कारण पत्ता लगाउन छानबिन आयोग गठनको घोषणा गरेका छन् । राष्ट्रपतिले यो घटनामा संलग्न सबै दोषीलाई दण्डित गरिने बताए । कजास्तानको गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ६ जना बालबालिका पनि छन् । यसअघि २९ जनवरी २०१३ मा कोकसेतौ शहरतर्फ आइरहेको एउटा जहाज अल्माती नजिकै दुर्घटना हुँदा २० जना मारिएइका थिए ।

प्रतिक्रिया