शुक्रबार, वैशाख १४, २०८१

उत्तर प्रदेशका २१ जिल्लामा इन्टरनेट सेवा बन्द

नेपालखोज २०७६ पुष ११ गते १४:१४

एजेन्सी । नागरिकता संशोधन कानुन (सीएए) लाई लिएर भएको हिंसापछि भारत्को उत्तर प्रदेश सरकारले (आज) शुक्रबार हुने जुमेको नमाजलाई लिएर २१ जिल्लाको इन्टरनेट सेवा बन्द गरेको छ ।

उत्तर प्रदेश पुलिसका डीजीपी ओपी सिंहले उत्तर प्रदेशको ७५ जिल्लामध्ये २१ वटा जिल्लामा शुक्रबार इन्टरनेट सेवा बन्द हुने जानकारी दिए । उनले भने, ‘राज्यमा कानुनी व्यवस्था पूरै नियन्त्रणमा छ, सुरक्षाबलको विभिन्न टिम जुटेको छ । हामीले २१ वटा जिल्लामा इन्टरनेट सेवा बन्द गरेका छौँ, स्थिति सामान्य हुँदै गएपछि इन्टरनेटमाथिको प्रतिबन्ध हटाइने छ ।’

नागरिकता संशोधन कानुनको विरोधमा सबैभन्दा हिंस्रक आन्दोलन उत्तर प्रदेशमा देखिएको थियो । प्रदर्शनको क्रममा उत्तर प्रदेशमा प्रदर्शनकारीको ज्यान पनि गएको छ ।

प्रतिक्रिया