शुक्रबार, वैशाख १४, २०८१

लिगमा आर्मीको दोस्रो जित, शेर्पाको अपराजित यात्रामा पूर्णविराम

नेपालखोज २०७६ पुष ११ गते १४:२६

११ पुष, काठमाडौं । कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीको गोलमा विभागीय क्लब त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

तेस्रो चरणको खेलमा आज हिमालयन शेर्पा क्लबमाथि २–० को नतिजा निकाल्दै आर्मीले दोस्रो जित आत्मसात गरेको हो । आर्मीको जितमा कप्तान भरत र टेकले गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा आर्मीले दुवै गोल दोस्रो हाफमा गरेको हो । रक्षात्मक प्रदर्शन गरेको शेर्पाविरुद्ध आर्मीले आक्रमक खेल पस्किँदा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ ।

आर्मीको जितसँगै हिमालयन शेर्पाको अपराजित यात्रामा पूर्ण्विराम लागेको छ । लिग तालिकामा अब आर्मीको ७ अंक भएको छ । यसअघि आर्मीले १ खेलमा जित १ मा हार व्यहोरेको थियो । शेर्पाले दुवै खेलमा बराबरी गरेको थियो ।

प्रतिक्रिया