बिहीबार, वैशाख १३, २०८१

मनमोहनमा प्रधानमन्त्री ओलीको डायलासिस गरिदैँ

नेपालखोज २०७६ पुष ११ गते १४:५५

११ पुष, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि (आज) शुक्रबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन् ।

सेन्टरमा प्रधानमन्त्रीको डायलासिस अहिले जारी छ । ‘नियमित डायलासिसका लागि जानुभएको हो । सकेर आजै निवास फर्किनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ ।

प्रतिक्रिया