बिहीबार, वैशाख १३, २०८१

भ्रष्टाचार गरेको आरोपमा विष्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालखोज २०७६ पुष ११ गते १५:४१

११ पुष, काठमाडौं । नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सि.अ.हे.व. मिनबहादुर विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्ट उपर २ लाख ३४ हजार बिगो काय गरी कैद र बिगो बमोजिमको जरिवाना गर्न माग गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, पाल्पामा नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सि.अ.हे.व. मिनबहादुर विष्टले गाडी भाडावापत दुई लाख चौतीस हजार हिनामिना गरेको देखिन आएको अख्तियारले जनाएको छ ।

विष्टको उक्त कार्यबाट नेपाल सरकारलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया