मंगलबार, चैत ६, २०८०

पीपीएल फाईनल खेल, नयाँ च्याम्पियनको खोजी

नेपालखोज २०७६ पुष १२ गते ८:३३

१२ पुष, काठमाडौँ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज चितवन टाइगर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुदैछ ।

पोखरा मैदानमा बिहान साढे ११ बजे हुने प्रतियोगितामा दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

चितवन अघिल्लो संस्करणमा पोखरा पल्टनसँग पराजित भएपछि उपाधि जित्न असफल भएको थियो भने विराटनगर पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

चितवन जारी प्रतियोगितामा अपराजित रहँदै सिधै फाइनल प्रवेश गर्दा विराटनगर भने एलिमिनेटर राउण्डमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया