शुक्रबार, वैशाख १४, २०८१

मोरङ र सुनसरीबाट विप्लव समूहका चार जना नेता पक्राउ

नेपालखोज २०७६ पुष १२ गते ११:२९

१२ पुष, मोरङ । मोरङ र सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ४ जना नेता पक्राउ परेका छन् । विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई आज बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो ।

यस्तै मोरङका जिल्ला इञ्चार्ज नरेश चौंलागाई र अर्का क्षितिज पौडेललाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैजनालाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया