शुक्रबार, वैशाख १४, २०८१

बढ्दो इशाईकरणले देश विखंडन हुने अध्यक्ष पटेल

नेपालखोज २०७६ पुष १२ गते १२:०३

१२ पुष । हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दै गएको इशाईकरणबाट मुलुक विखण्डन तर्फ धकेलिन सक्ने बताएका छन् ।

गौरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पटेलले विदेशी मुलुकको इशारामा भैरहेको धर्म परिवर्तनको कार्य चिन्ताजनक रहेकोले यसलाई नियन्त्रण गर्नु पर्ने धारणा राखेका थिए ।

राष्ट्रिीय , समृद्धि , विकाश ,एकता , पहिचान सहित शासन व्यवस्था जे होस , नेपाल हिन्दू राष्ट्र हुनुपर्छ मूल नाराका आयोजित जन जागरण सभामा सम्वोधन गर्दै नेपालमा सनातन धर्मको रक्षा एवं हिन्दू धर्मको स्थापनाको निमित हिन्दू परिषद् नेपालको स्थापना गरिएको उनले बताए ।

अध्यक्ष पटेलले आर्थिक प्रलोभनमा परी हिन्दू धर्मका व्यक्तिहरुले हिन्दू धर्म समाप्त गर्न सडयंत्र गरी रहेकोले हिन्दू धर्मालम्वीहरुलाइ एक ठाउमा आउनुको विकल्प नरहेको जिकिर जिकिर गरे ।

प्रतिक्रिया