शनिबार, वैशाख ८, २०८१

स्वस्थ जीवनयापन गर्न अपनाउनु पर्ने यी २० उपायहरुः

नेपालखोज २०७६ पुष १३ गते ७:१६

स्वस्थ जीवन व्यतित गर्नका लागि सबैभन्दा अनुशासित दिनचर्या आवश्यक हुन्छ । जहाँ स्वास्थ्यलाई प्रतिकुल हुने कुनै कुरा हुनु हुँदैन । अनुशासन, प्रयास र केहि सावधानी यी कुराले हामीलाई सधैँ निरोगी र स्वस्थ राख्छ । हामी स्वास्थ्यसँग धेरै खेलबाड गर्छौं । मनलाग्दो जीवनशैली अपनाउँछौ । त्यसैले पनि हामीलाई रोगी बनाउँछ ।

स्वस्थ बन्न अपनाउनुस् यी उपाय
१.मध्यपान तथा धुम्रपान नगर्ने
२. प्रचुर मात्रामा खानेकुरामा तेल वा मसला नहाल्ने ।
३. खाना सफा तरिकाले पकाउने । सागजस्ता सब्जीहरु लामो समय नपकाउने ।
४. खानामा सन्तुलन बनाइ राख्ने ।
५. आवस्यक अनुसार पौष्टिक तत्वहरुको प्रयो गर्ने ।
६. समयमा सुत्ने ।
७. सबेरै उठेर व्यायाम गर्ने ।
८. दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिले बिहान शारीरिक श्रम गर्ने ।
९. सही समयमा पौष्टिक आहार लिने ।
१०. खाना खानु भन्दा केहि मिनेट अघि पानी पिउने ।
११. खाना खाएको समयमा पानी नपिउने ।
१२. खाना खएको आधा घण्टा पछि मात्र पानी पिउने ।
१३. गर्मीठाउँबाट आउनसाथ चिसो पानी नपिउने
१४. कुलर वा एसीको हावामा नबस्ने ।
१५. ओझेलमा बसेर लामो समयसम्म हावा नलिने ।
१६. मनलाई शान्त राख्नका लागि ध्यान एवं योगको सहारा लिने ।
१७. सुत्नुअघि मनलाई शान्त राख्ने ।
१८. दिनभरको कुरालाई भुलेर सुत्ने ।
१९. नियमित स्वास्थ्य जाँच गर्ने ।
२० खुसी रहने प्रयास गर्ने ।

प्रतिक्रिया