शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसको असहमतिबीच विधेयक पारित

नेपालखोज २०७६ पुष १३ गते १७:०२

१३ पुस, काठमाडौँ । नेपाली कांग्रेसका सांसदको विरोधका बाबजुद सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुको आईतबार बहुमतले विधेयक पारित गरेका हुन् ।

नेपाली कांग्रेसका सांसदहरुले विधेयकको समग्र विषयमा सरोकारवाला पक्ष र सञ्चार क्षेत्रसँग छलफलको माग गरेका थिए । नागरिक स्वतन्त्रता, मौलिक हक हनन गर्ने, संविधानको मर्म र भावना विपरीत विधेयक पारित गर्न खोजेको भन्दै काङ्ग्रेस सांसद बहादुर सिंह लामाले फरक मतको पत्र सभापति कल्याणी खड्कालाई बुझाएका थिए ।

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ । यो प्रावधानमा कांग्रेसले असहमति राखेको छ ।

प्रतिक्रिया