बुधबार, वैशाख १२, २०८१

वर्षमा १४ हजारले बढ्यो सुन

नेपालखोज २०७६ पुष १५ गते ६:५८

१५ पुस, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ ।

अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपियाँ थियो । उक्त महिनामा यसको अधिकतम मूल्य ६० हजार सात सय रुपियाँ कायम भएको थियो ।

गत असोजमा सुनको मूल्य बढेर ७३ हजार पाँच सय रुपियाँसम्म पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन, अबको केही दिनमा नयाँ रेकर्ड बनाउने सङ्केत देखापरेको छ ।

सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनेमा आन्तरिक कारण मात्र चाँहि होइन । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भएको छ । याे समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया