शुक्रबार, वैशाख ७, २०८१

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भोली भव्य रुपमा हुँदै

नेपालखोज २०७६ पुष १५ गते ९:२९

१५ पुष, काठमाडौं । बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन बुधबार (भोली) राजधानीको दशरथ रंगशालामा भव्य रुपमा गर्ने तयारी पूरा भएको छ । उद्घाटन समारोहमा चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने उद्घाटन समारोहमा उत्साहपूर्वक सहभागी हुन सबैलाई आग्रह गरिएको छ । (आज) सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले उद्घाटन समारोहबारे जानकारी दिन आयोजना गरेकोे पत्रकार सम्मेलनमा भ्रमण वर्षको तयारी पूरा भएको जानकारी दिइयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको उद्घाटन समारोह अन्तर्राष्ट्रिय रुपमा नै चर्चा पाउने खालको हुने बताए । संघीय राजधानी काठमाडौं र सातै प्रदेशबाट एकसाथ भम्रण वर्षको उद्घाटन हुने जानकारी दिँदै उनले नेपालबाहिर भने जनवरी ७ मा उद्घाटन हुने जानकारी गराए ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारलाई देशको समृद्विको आधारसँग जोडेर मन्त्रालय भ्रमण वर्षको तयारीमा लागेको उनको भनाइ छ । ‘भ्रमण वर्षसफल बनाउन एक सयभन्दा बढी संघ–संस्थाले सहमति जनाएका छन्,’ उनले भने, ‘सरकारी, गैरसरकारी, निजी क्षेत्र, अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट समेत २० लाख पर्यटक नेपाल ल्याउने पहलमा सहयोगको अपेक्षा गरेका छौं ।’ आजको नागरिक दैनिकबाट

प्रतिक्रिया