अनधिकृत राखिएका पोस्टर टाँस्नेलाई कारबाही, १ लाख ७० हजार असुल ग¥यो महानगरले
नेपालखोज
२०७६ पुष १८ गते ८:४६
१८ पुष, काठमाडौँ । काठमाडौं महानगरपालिकाले अनधिकृत रूपमा राखिएको पोस्टर टाँस्नेबाट कारबाही स्वरूप १ लाख ७० हजार असुल गरेको छ । विभिन्न स्थानमा नियमविपरीत राखिएको पर्चा र सामग्री हटाउने क्रममा कामपाले कारबाहीस्वरूप सो रकम असुल गरेको हो ।
महानगरपालिकाले प्रचारप्रसारका लागि सहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम गत शुक्रबारदेखि सुरु गरेको थियो ।
सहरको सौन्दर्य बिगार्नेमा सबैभन्दा बढी तीनकुने, बानेश्वर, पुतली सडक, थापाथलीलगायत स्थान रहेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले आगामी एक महिनामा सक्नेगरी हरेक दिन चार टोली खटाएर प्रचार सामग्री हटाउने कार्य गरिरहेको महानगरले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया