मंगलबार, चैत ३१, २०७७

आज शनिदेवको पुजा गर्नुस्, तपाईको आजको राशिफल यस्तो छ

नेपालखोज २०७६ पुष १९ गते ७:०१

ज्योतिषका अनुसार, शनिबार शनिदेवको पुजा गरी तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ ।

शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ । यो समय शनि धनु राशिमा रहेको छ । यसकारण वृश्चिक, धनु र मकर राशिमा पनि शनिको साढे सातको दशा रहेको छ । हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपल र खुर्सानीमा पानी छर्कनुहोस् । शनीमा तेल चढाउँदा, ध्यान राख्नुहोस् कि तेल वरपरमा पर्दैन ।

शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ । हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सन्तानपक्षको मायामा कमी आउला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । स्वास्थ्य सबल रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

प्रतिक्रिया