शुक्रबार, वैशाख १४, २०८१

आज पनि देशैभरीको मौसममा बदली, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुने

नेपालखोज २०७६ पुष १९ गते ७:३१

१९ पुष, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान बुलेटिन जारी गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । पूर्वानुमानमा पश्चिमी न्यून चापीय प्रणालीका कारण आज शनिबार पनि देशैभरीको मौसममा बदली हुने जनाएको छ । आज शनिबार दिउँसो देशको मध्य क्षेत्रमा, पूर्वी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ ।

यसैगरी, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । साथै पहाडी क्षेत्रका केही स्थानमा भने पानी पर्ने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

राति भने देशको मध्य र पूर्वी भूभाग, पश्चिमी भूभाग र पश्चिमी तराईका भूभागमा मौसम सफा हुनेछ । यसैगरी, पूर्वी उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनेछ ।

प्रतिक्रिया