बिहीबार, साउन २१, २०७८

फाइबर बिछ्याउन अन्तिम सम्झौता

नेपालखोज २०७६ पुष १९ गते ९:४५

१९ पुष, काठमाडौँ । देशैभर सूचना महामार्ग निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।

गत मङ्सिर १९ मा भएको समझदारीअनुसार हिजो प्राधिकरण कार्यालयमा यस्तो सम्झौता भएको हो । सम्झौतामा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार दुई वर्ष्िभत्र रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै टेलिकमले फाइबर बिछ्याउने छ । त्यस्तै मध्यपहाडी लोकमार्गबाहेक कतिपय स्थानमा हुलाकी मार्गमा पनि अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी टेलिकमले पाएको छ ।

प्रतिक्रिया