शुक्रबार, वैशाख १४, २०८१

सातामा ११ अर्ब ४१ करोडभन्दा बढीको शेयर कारोबार, परिसूचक ९ दशमलव ७७ अंक बढ्यो

नेपालखोज २०७७ असोज १६ गते १४:३२

काठमाडौं । यो साता शेयर बजारमा ११ अर्ब ४१ करोड ९६ लाख १५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता ७३ करोड ४७ लाख २२ हजार रूपैयाँले कारोबार रकममा कमि आएको हो । गत साताको शेयर बजारमा १२ अर्ब १५ करोड ४३ लाख ३७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यो साता तीन दिन बजार लगातार घटेको थियो । यो साता आइतबार र बिहीबार बजार बढेको हो भने सोमबार देखि बुधबार सम्म निरन्तर बजार घटेको हो ।

आइतबार ४ दशमलव २९ अंक बढेको बजारमा ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै बिहीबार २० दशमलव ६१ अंक बढेको बजारमा २ अर्ब ८० करोड ७७ लाख ८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेको तीन दिन भने करिब २ अर्बको हाराहारीमा शेयर कारोबार भएको छ ।
यो साताको कारोबारमा नेप्से परिसूचक ९ दशमलव ७७ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन बजार १ हजार ५६१ दशमलव २७ विन्दुमा रहेको बजार यो साताको अन्तिम दिनसम्म १ हजार ५७१ दशमलव शून्य ४ विन्दुमा पुगेको हो ।

यो साता परिसूचकसँगै सेन्सेटिभ इन्डेक्समा पनि न्यून अंकको बृद्धि भएको छ । ठुला कम्पनीह?को मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स गत साताभन्दा यो साता शून्य दशमलव ५८ अंकले बढेको हो । गत साताको अन्तिम कारोबार दिन असोज ८ गते बिहीबार ३०९ दशमलव ५७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम कारोबार दिन असोज १५ गते बिहीबार ३१० दशमलव १५ विन्दुमा पुगेको हो ।

लगानीकर्ताहरुको सम्पत्ति पनि यो साता रू. १३ अर्ब २ करोड १० लाखले बृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. २० खर्ब ८० अर्ब १२ करोड ८० लाख रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. २० खर्ब ९३ अर्ब १४ करोड ९० लाख पुगेको हो ।

स्रोतः नेप्से
यो साता सोल्टी होटलको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । सोल्टी होटललको यो साता रू. ५० करोड २० लाख बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक कारोबार गर्ने दश कम्पनीहरु मध्य यो साता धेरै जसो जलविद्युत कम्पनी रहेका छन् । पाँच जलविद्युत कम्पनीहरु मध्य पनि हिमाल दोलखाको सर्वाधिक रकम रू. ४७ करोड २० लाख बराबरको शेयर कारोबार भएको हो ।


स्रोतः नेप्से
यस साता पनि सर्वाधिक बजार पूँजीकरण नेपाल दुरसञ्चार कम्पनीकै रहेको छ । नेपाल दुरसञ्चार कम्पनीको शेयरको कुल मूल्य अर्थात कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिनसम्म रू. १ खर्ब ५ अर्ब १५ करोड रहेको छ । गत साताको तुलनामा भने नेपाल दुरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रकममा कमि आएको हो । गत साताको अन्तिम कारोबार दिनसम्म कम्पनीको कुल बजार पूँजीकरण रकम रू. १ खर्ब ६ अर्ब ५० करोड रहेको थियो ।

प्रतिक्रिया