बुधबार, वैशाख १२, २०८१

१५ लाख घुस सहित सडक विभागका इन्जिनियर पक्राउ

नेपालखोज २०७६ पुष १९ गते २२:३९

१९ पुस काठमाडौं । सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव–इन्जिनियर विरेन्द्रकुमार साह १५ लाख घुस सहित पक्राउ परेका छन् ।

उनीहरुले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस माग गरिरहेको उजुरीपरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी गरिरहेको थियो ।

सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले नविनकुमार साह र विरेन्द्रकुमार साहले सेवाग्राहीबाट १५ लाख ९६ हजार घुस लिइसकेको अवस्थामा सोही कार्यालयको परिसरमा रहेको कर्मचारी आवास भित्रबाट पक्राउ गरी अनुन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया