बुधबार, वैशाख १२, २०८१

एशियाकै लामो झौलुङ्गे पुल एक वर्ष अगाडि निर्माण सकिदै

नेपालखोज २०७६ पुष २० गते ७:२६

२० पुस, पोखरा । दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ ।

२०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं। १ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै सम्पन्न हुने भएको हो ।

सात करोड ९७ लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको पुलको ९२ प्रतिशत काम सम्पन्न भएकाले निर्माण सक्नुपर्ने अवघि भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुन लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिक टोपबहादुर बानियाँले जानकारी दिए । लामो समयदेखि उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने चर्चा चलेपनि लठ्ठा तान्ने प्रविधि नभएकाले रोकिएको थियो ।

नेपालमा ३६० मिटर भन्दा माथिका पुल निर्माण नभएको र प्रविधि समेत नभएकाले लामो समय रोकिएको पुल नयाँ प्रविधि भित्रिएपछि निर्माण सुरु गरिएको थियो । सरकारले चीनबाट लठ्ठा तान्न प्रयोग गर्ने आधुनिक मेसिन खरिद गरेपछि पुल निर्माणमा सहजता भएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए । यो समाचार गोरखापत्र अनलाइनबाट साभार गरिएको हो ।

प्रतिक्रिया