बुधबार, वैशाख १२, २०८१

सिंहदरवारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

नेपालखोज २०७९ माघ २३ गते १६:१४

काठमाडौं । राष्ट्रिय सहमतिको सरकार लगायत पछिल्ला राजनीतिक घटनाक्रबारे छलफल गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्री कार्यलय सिंहदरवारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ ।

तीन दलका तीन नेता अकस्मात छलफलमा बसेकाले यो भेटघाट र छलफललाई महत्वका साथ हेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भइरहेको बताइएको छ । भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच राजनीतिक दूरी बढिरहेका बेला यो भेटवार्ता भइरहेको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास दिएपछि एमाले सशंकित छ । राष्ट्रपतिको विषयमा एमाले नेकपा माओवादीसँग पनि सशंकित छ । सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमाले यसबारे सकारात्मक नदेखिएको अवस्थामा छलफल चलिरहेको बताइएको छ । यी तीन नेताबीच छलफल हुने कुरा सार्वजनिक भएको थिएन् ।

प्रतिक्रिया