शुक्रबार, वैशाख ७, २०८१

काठमाडौंमा ८९४ सवारी चालकमाथि कारबाही, ३३ सवारी दुर्घटना, १ जनाको मृत्यु

नेपालखोज २०७६ पुष २० गते ९:४९

२० पुष, काठमाडौं । बितेको २४ घण्टामै काठमाडौं उपत्यकाभित्र ८९४ जना सवारी चालक कारबाहीमा परेका छन् । सडक अनुशासन पालना चालकमाथि ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जना, फुटपाथमा पार्किङ गर्ने ८५ जना, अनावश्यक रुपमा हर्न बजाउने २९ जना र जेब्राक्रसमै साधन रोक्ने १७ जना चालकमाथि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

बितेको २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ३३ वटा सवारी दुर्घटनामा परेको छ । दुर्घटनामा परी १ जनाको मृत्यु, एक गम्भीर घाइते र २१ जना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया