बिहीबार, वैशाख १३, २०८१

चिनियाँ नागरिकलाई देश निकाला गर्ने तयारी

नेपालखोज २०७६ पुष २० गते १७:४९

२० पुस, काठमाडौँ । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई देश निकाला गर्ने तयारी गरेको छ ।
चीनकै सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ परेका उनीहरुलाई वैधानिक प्रक्रियाबाट स्वदेश लैजान समस्या आउने भएपछि देश निकाला गर्ने तयारी भएको हो । त्यसका लागि उनीहरुको राहदानी खारेज हुनेछ ।

चीनकै आग्रहमा उनीहरुलाई देश निकाला गर्न लागिएको सुरक्षा अधिकारीले जनाएका छन् । पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ । प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो ।

पक्राउ परेका सबैलाई अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको छ । उनीहरूलाई अहिले परिसर, सोह्रखुट्टे, सिंहदरबार, बालाजु, महाराजगन्ज वृत्तमा राखिएको छ ।

प्रतिक्रिया