मंगलबार, वैशाख ११, २०८१

दरबार हत्याकाण्डस्थल हेर्न वर्षदिन कुर्नुपर्ने

नेपालखोज २०७६ पुष २२ गते ६:५५

२२ पुस, काठमाडाैं । अबको एक वर्षपछि दरबार हत्याकाण्ड भएको विस्तारित स्थान सर्वसाधारणलाई खुला हुने भएको छ । राजा वीरेन्द्रको वंशविनाश हुनेगरी २०५८ साल जेठ १९ गते भएको हत्याकाण्ड स्थल विलियार्ड बैठकसँगै जोडिएको त्रिभुवन सदनको निर्माणको गति हेर्दा एक वर्षको हिसाब निस्किएको हो ।

युवराजधिराज पद पाइएपछि छुट्टै बस्ने परम्पराअनुसार दीपेन्द्र १८ वर्ष उमेर पुगेपछि त्रिभुवन सदनमा बस्दै आएका थिए । दीपेन्द्रको निजी निवासको रुपमा रहेको सो सदन दरबार हत्याकाण्डपछि तत्कालिन राजा ज्ञानेन्द्रले पूर्ण रुपले भत्काउन लगाएका थिए ।

नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार बिलियार्ड बैठकबाट भ¥याङ चढेर भित्रुवन सदनको दीपेन्द्र बस्ने कक्ष पुग्ने जुन संरचना थियो, त्यसलाई उही नाप–नक्सामा तयार पारिएको छ, हत्याकाण्डअघि त्रिभुवन सदनजस्तो अवस्थामा रहेको थियो, सोही संरचना खडा हुनेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया