बिहीबार, वैशाख १३, २०८१

अपाङ्गता परिचयपत्र बस्तीमा पुगी वितरण

नेपालखोज २०७६ पुष २२ गते ११:२९

२२ पुस, सङ्खुवासभा । धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहजहुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिइन ।

नगरपालिकाले आफूहरुलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेर परिचयपत्र दिँदा औधि खुशी भएको फरक क्षमता भएका व्यक्तिहरुले बताएका छन् । कार्यविधि बनाई परिचयपत्र वितरण गरिएको नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए ।

उनका अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया