शुक्रबार, वैशाख ७, २०८१

मोटरसाइकल चोरी गर्ने क्रममा एक जना पक्राउ

नेपालखोज २०७६ पुष २२ गते १५:४६

२२ पुस, काठमाडौँ । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दै गर्दा एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित सडकमा पार्किङ गरेर राखेको प्रदेश–३–०२–००२ प ३९५ नंको मोटरसाइकल चोरी गर्ने काभ्रेपलाञ्चोकका २० वर्षीय युवराज तामाङलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार तामाङले मोटसाइकल चमतीबाट डो¥याएर ल्याएको अवस्थामा फेला पारेको हो ।

प्रतिक्रिया