शुक्रबार, चैत १६, २०८०

सोनी ज्वेलर्स तथा सोनी गोल्डका सञ्चालक बिरुद्ध २ अर्बको बिगो सहित मुद्धा

नेपालखोज २०७७ असोज २७ गते १२:२२

काठमाडौं । सोनी ज्वेलर्सका तथा सोनी गोल्ड एण्ड सिल्भर बिरुद्ध २ अर्ब रुपैयाँको बिगो सहित मुद्धा दायर भएको छ । सुनचाँदीको चोरी निकासी गरी राजश्व छली गरेको अभियोमा ती कम्पनीका सञ्चालकहरु बिरुद्ध २ अर्ब ३९ करोड ५५ लाख १५ हजार ९ सय ४३ रुपैयाँ बिगो सहित उच्च अदालत तुल्सीपुर, वुटवलमा मुद्दा दर्ता गरिएको राजश्व अनुसन्धान विभाग पुलचोकले जानकारी दिएको छ ।

विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलिले बुटबल उपमहानगरपालिका, वडा नं. ११ स्थित चौराहाबाट सुनिल सुनार (सुनिल सोनी) को कार भित्र बोरामा लुकाई छिपाई राखेको नगद र निजको साथमा रहेको मोबाईल समेत गत असार ३० गते बरामद गरी निजलाई पक्राउ गरी विस्तृत अनुसन्धान सुरु गरिएको छ । सोनी ज्वेलर्सका प्रोपराइटर तथा सोनी गोल्ड एण्ड सिल्भर प्रा.लि.का मुख्य संचालक भारतीय नागरिक सुनिल सुनार भनिने सुनिल सोनीले सुन चाँदीको अवैध आयात निर्यात तथा विक्री कारोवार गर्ने गरेको तथा मोवाइलको माध्यमबाट विभिन्न व्यक्तिहरुसँग कारोबार गर्ने गरेको बुझिएको छ ।

सोनीको कारोबार स्थलबाट बरामद गरिएका बैंक दाखिला भौचर बैंक स्टेटमेन्ट र मोबाइलबाट प्राप्त बैंक भौचरका आधारमा विभिन्न व्यक्तिलाई रकम भुक्तानी दिएको लगायतका प्रमाणबाट निजले बैंक तथा भन्सार विन्दु बाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा विक्री गर्ने, सो बाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरुलाई भुक्तानी लिने र दिने गरेकोले अवैध सुनचाँदीको चोरी पैठारी निकासी गरी कारोवार गरेको पुष्टी हुन आएको हुँदा निज प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) बमोजिम राजस्व चुहावटको कसुर गरेको पुष्टि हुन आएकोले प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो सशोधन) ऐन २०५२ को दफा ४ को खण्ड (क), (ख), (ज), र (झ) बमोजिम कसुर गरी सोनी ज्वेलर्स र सोनी गोल्ड एण्ड सिल्भर प्रा.लि. र मुख्य कारोबारी सुनिल सुनार (सुनिल सोनी) समेतले भन्सार चोरी निकासी पैठारी तर्फ दुई अर्ब २३ करोड १३ लाख ३८ हजार आठ सय ७० रुपैयाँ र आयकर तर्फ १६ करोड ४१ लाख ७७ हजार ४३ रुपैयाँ राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, द्दण्छद्द को दफा २ (छ१) बमोजिम कूल जम्मा विगो २ अर्ब ३९ करोड ५५ लाख १५ हजार ९ सय ४३ रुपैयाँ कायम गरीसोनी ज्वेलर्सका प्रोपराइटर तथा सोनी गोल्ड एण्ड सिल्भर प्रा.लि.का मुख्य संचालक भारतीय नागरिक सुनिल सुनार (सुनिल सोनी) र मतियार अमित परियारलाई उल्लेखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो सशोधन) ऐन २०५२ को दफा २३ (१) बमोजिम निजहरुबाट विगो असुल गरी सोही ऐनको दफा २३(१) र २३ (१) (घ) बमोजिम हैदसम्मको जरिवाना तथा कैद सजाय हुन मागदावी लिई असोज २६ गते सोमबार उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दर्ता गरिएको बिभागले जनाएको छ ।

प्रतिक्रिया