शनिबार, वैशाख १५, २०८१

शेयरमा सुधार हुँदा कारोबारमा बृद्धि

नेपालखोज २०७६ पुष २२ गते १५:४६

२२ पुष, काठमाडौं । पछिल्ला केहीदिन देखि शेयर बजारको कारोबार क्रमश सुधार हुँदै गईरहेको देखिन्छ । लामो समय अन्योल देखिएको शेयरबजार मंगलबार भने १६.२३ अंकले बढेको छ । मंगलबार १ सय ७९ वटा कम्पनीको ३८ लाख ८० हजार ९५० कित्ता शेयर खरिदविक्री भएको छ । जसबाट १ अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ रुपैयाँको कारोबार भएको देखिन्छ ।

१२००.६९ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर १२१६.९२ अंकमा आइपुगेको छ ।

बैकिङ १९.०३ अंक, व्यापार १.०१ अंक, विकास बैंक २६.१८ अंक, जलविद्युत १७.५५ अंक, फाइनान्स ५.०२ अंक, निर्जिवन लाइफ ८६.५६ अंक, अन्य १.५२ अंक, माइक्रोफाइनान्स ३२.९ अंक, लाइफ इन्स्योरेन्स १.०४ अंक र सामूहिक लगानी कोष समूह ०.०१ अंकले बढेको छ ।

होटल २.९८ अंक, विकास बैंक २६.१८ अंक, जलविद्युत ०.१४ अंक, फाइनान्स १.४९ अंक, निर्जिवन लाइफ ०.७९ अंक, उत्पादन ४.४५ अंक, अन्य ३.५६ अंक, माइक्रोफाइनान्स ३३.९८ अंक, लाइफ इन्स्योरेन्स १२.१३ अंक र सामूहिक लगानी कोष समूह ०.१५ अंकले बढेको छ ।
त्यसैगरी, होटल ८.३७ अंक र उत्पादन २२.६६ अंकले घटेको स्टक एक्सचेन्जले जनाएको छ।

प्रतिक्रिया