बिहीबार, चैत १५, २०८०

भेन्टिलेटरमा १२ दिन, अचेत महिलाले जन्माइन् स्वास्थ शिशु

नेपालखोज २०७६ पुष २३ गते ७:४७

२३ पुस, काठमाडाैं । निजगढकी कुशुम चौलागाईँले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुप-यो । तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीय उनले मृत्युपछि विजय हासिल मात्र गरिनन् सकुशल आमा पनि बनिन् ।

साढे चार महिनाअघि गर्भवती चौलागाईँलाई अत्यधिक टाउको दुखेको कारण अर्धचेत अवस्थामा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय(त्रिवि) शिक्षण अस्पताल पु-याइयो, तर उनको दुई घण्टाभन्दा बढी समयसम्म कुनै उपचार भएन । उनका श्रीमान यद्ध खड्काले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पु-याए ।

त्यहाँ पु-याएको दुई घण्टामा रोग पत्ता लगाएर शल्यक्रिया गरेकै कारण आज आमा र बच्चा दुवैले नयाँ जीवन पाएका छन् । चौलागाईँलाई १२ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया