शुक्रबार, वैशाख ७, २०८१

आज काठमाडौँलगायत देशभरको मौषममा बदली, कतै वर्षा त कतै भारी हिमपातको सम्भावना

नेपालखोज २०७६ पुष २३ गते ८:५५

२३ पुष, काठमाडौँ । जल तथा मौसम पूवानुमान महाशाखाका अनुसार आज पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाडौँलगाय देशभर परेको जनाएको छ । सोही मौसमी प्रणालीको प्रभावका कारण आज देशभरको मौसम बदली भएको छ ।

हाल देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । (आज) बुधबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसमविद सजिना शाक्यले बताएकी छन् । पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्वी क्षेत्रमा हल्का वर्षा हुने जनाइएको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको जनाइएको छ । (आज) बुधबार राति पनि देशभरको मौसम बदली भई पश्चिमका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । राति पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ ।

बदलीका कारण काठमाडौँसहित देशभरका अधिकांश ठाउँको न्यूनतम तापक्रम बढेको छ । तर अधिकतम तापक्रम कम हुने भएकाले जाडो अत्याधिक हुने अनुमान छ । बिहान ७ डिग्री मापन भएको काठमाडौँको तापक्रम दिउँसो बढेर १२ देखि १४ डिग्रीसम्म मात्रै पुग्ने अनुमान छ ।

प्रतिक्रिया