शुक्रबार, वैशाख १४, २०८१

‘शिक्षाको सोचपत्र २०७९’ सार्वजनिक

नेपालखोज २०७९ असोज ४ गते २१:३८

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ आज सार्वजनिक गरेका छन् ।

मन्त्रालयले तयार गरेको सो सोचपत्रमा नेपालको शिक्षा प्रणलीको विगत, वतर्मान स्थिति र भावी कार्यदिशा समावेश गरिएको छ ।

मन्त्री पौडेलले दिगो विकासको लक्ष्य र नेपालको संविधानको मर्म र भावनाअनुुसार शिक्षामा लगानी वृद्धि गरी गुणस्तर, पूर्वाधार र प्राविधिक तथा व्यवस्थापनका क्षेत्रमा सुधार गरिने बताए ।

उनले सोका लागि कूल बजेटको २० प्रतिशत बजेट विनियोजनका लागि अर्थ मन्त्रालय क्रमशः तत्पर हुने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया