आइतबार, मंसिर ११, २०७९

सातादेखि हुम्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

नेपालखोज २०७६ पुष २३ गते ९:००

२३ पुष, सिमकोट । एक सातादेखि हुम्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमले प्रदान गर्ने सबै सेवा ठप्प भएको हप्ता दिन हुँदा पनि सुरुचारु हुन नसक्दा स्थानीय बासिन्दा सञ्चार बिहीन भएका छन् ।

गत बिहीबार कालिकोटको माहाबु लेकमा रहेको नेपाल टेलिकमको टावरमा हिमपातका कारण क्षति पुगेपछि हुम्ला जिल्लाको सञ्चार सेवा अवरुद्ध हुँदै आएको हो । एडिएसएल, जिएसएम, ल्याण्डलाईन सबै ठप्प रहेको स्थानीय सेवाग्राही सरोज रावतले बताए ।

नेपाल टेलिकमकै सिडिएमए सेवाले भने काम गरेको छ । तर इन्टरनेट सेवा भने पूर्ण रुपमा बन्द भएको छ । हिमपातका कारण माहाबु लेकमा जान प्राविधिकलाई कठिन भएको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ । मंगलबार त्यसतर्फ प्रस्थान गरेको टोली मौसमले साथ दिए टोली (आज) बुधबारसम्म टावरमा पुगेर मर्मत कार्य सुरु गर्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया