नेपालमा अझै कम्तीमा एक हप्ता मनसुन रहने
नेपालखोज
२०७७ असोज ११ गते ७:५५
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज पूर्वका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
गएको मंगलबारदेखि देशैभर वर्षा गराइरहेको मौसम प्रणाली कमजोर हुँदै गएकाले आज पूर्वबाहेकका केहि स्थानमा मौसम खुल्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १ का एकरदुई स्थानमा ठूलो वर्षा हुने र अन्य प्रदेशका थोरै स्थानमा बेलुकीतिर हल्कादेखि मध्यम खालको वर्षाको संभावना छ ।
नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने मौसमविद्ले अनुमान गरेका छन् । पाकिस्तान र भारतको राजस्थानबाट नै मनसुन नबाहिरिएकाले नेपालमा अझै कम्तीमा एक हप्ता मनसुन रहिरहने महाशाखाले जनाएको छ । यो वर्ष लानेन्या प्रणाली चलेकाले मनसुनमा धेरै स्टेशनमा औसतभन्दा धेरै वर्षा भएको महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया