बिहीबार, चैत १५, २०८०

विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

नेपालखोज २०७६ पुष २३ गते ११:२०

२३ पुष, नुवाकोट । विप्लवका नुवाकोट सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । ककनी गाउँपालिका ४ बाट विप्लव समूहका नुवाकोटका जिल्ला सेक्रेटरी बिन्तोष सिलवाल (अशोक) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

आवश्यक सोधपुछ गर्दा अटेर गरी उल्टै प्रहरीसँग अभद्र व्यवहार गरेपछि प्रकाउ गरेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए । काफ्लेका अनुसार पक्राउ परेका सिलवाललाई सार्वजनिक शान्ति, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको छ ।

सिलवालमाथि विभिन्न स्थानमा स्काभेटरमा आगजनी गरेको अभियोग लागेको छ।सिलवाललगायतको समूहले सडक निर्माणमा प्रयोग गरिने सवारी साधनमा बम तथा आगजनी गरेको प्रहरीले जनाएको छ ।

गत २०७५ साउन ८ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका(५ मा रोकिराखेको स्काभेटरमा आगजनी गरी क्षति र्पुयाएको आरोपमा सिलवाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया