शुक्रबार, वैशाख १४, २०८१

दिलिपको हत्या आरोपमा क्रसर मालिक विपिन पक्राउ

नेपालखोज २०७६ पुष २६ गते ११:१२

२६ पुष, धनुषा । धनुषामा नदी उत्खननको विरोध गर्ने दिलिप कुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका छन् ।

विपिनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचौक नजिकबाट शनिबार आज विहान १० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।

प्रहरीले शुक्रबार हिजो अनुसन्धानका लागि दिलिपका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई पक्रिएको थियो । शुक्रबार हिजो बिहान करिब ४ बजेको समयमा नदीमा भईरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिप भन्ने ओमप्रकाश महतोको टिपरले किचेर हत्या गरिएको थियो ।

प्रतिक्रिया