शुक्रबार, वैशाख ७, २०८१

विरामीलाई नहेरी ढोकाबाट चेकजाँच गर्छन् डाक्टर

नेपालखोज २०७६ पुष २४ गते १५:०२

२४ पुष, वाँके । भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन् । लुम्बिनी प्रदेशको एकमात्र सङ्घीय अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएकोछ ।

दैनिक एक हजारको हाराहारीमा बिरामी सेवा लिन अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । सेवा लिन भेटिएका अधिकांश बिरामी र उहाँका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् । बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले उत्तर दिन झर्को मान्ने गुनासो अस्पतालमा सुनिदै आइएको छ ।

अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चोहेका औषधि पाईदैन । यसैगरी प्रयोगशाला परीक्षण गर्न निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीमा रहेको छ ।

शौचालयको दुर्गन्धले अस्पतालमा बसिसक्नु छैन । अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले भने, “अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको छ ।”

अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन् । अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको श्ययामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउण्ड) गर्ने गरेको बिरामीको गुनासो छ ।

प्रतिक्रिया