आइतबार, माघ २७, २०८१

भौतिक मन्त्रालयले १५ सय ठेक्काको म्याद थप्यो

नेपालखोज २०७६ फागुन २५ गते ७:५७

काठमाडौं । सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीहरूलाई अन्तिम पटकका लागि काम गर्ने अवसर प्रदान गरेको छ ।

Advertisement

ती म्याद थपिएका निर्माण कम्पनीले तोकिएको अवधिभित्र आफ्नो काम सम्पन्न गरिसक्नु पर्नेछ । वर्ष दिनसम्म पनि काम सम्पन्न गर्न नसके ठेक्का तोड्ने सरकारको तयारी छ भने मासिक रूपमा प्रगति देखाउन नसकेमा बीचैमा पनि ठेक्का तोड्ने रणनीति सरकारले लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले लामो समयसम्म रुग्ण रहेका ठेक्का व्यवस्थापन गर्नका लागि सार्वजनिक खरिद नियमावली, २०६४ मा नवौं संशोधन भएपश्चात् १५ सय वटा ठेक्काको म्याद थप गर्ने कार्य टुंग्याएको जानकारी गराए ।

प्रतिक्रिया