शुक्रबार, वैशाख ७, २०८१

नीति अनुसन्धान प्रतिष्ठान र राजश्व चुहावट विधेयक पारित

नेपालखोज २०७६ पुष २४ गते १७:०१

२४ पुस,काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेकय राष्ट्रिय सभाबाट पारित भएको छ । विहिबार बसेको राष्ट्रियसभाको बैठकले यी दुई विधेयक पारित गरेको हो । विषयगत समितिमा भएको छलफल र परिमार्जनलाई स्वीकार्दै विधेयक पारित गरिएको हो । बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ ।

यसअघि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै डा खतिवडाले सदनमा उठेका सवाललाई संशोधनका माध्यमबाट सम्बोधन गर्न सकिने बताए । हालका बौद्धिक संस्थाहरु भिन्न र छुट्टै प्रकृतिका रहेको र संसदीय प्रक्रियाबाट नबनेका हुनाले प्रतिष्ठान विधेयक ल्याइएको उन जानकारी दिए । कानूनबाट स्थापित हुने प्रतिष्ठान दिगो र परिपूरक भूमिकामा भएकाले यसको सान्दर्भिकता बढ्ने उनले बताए ।
यसैबीच आजकै बैठकमा ‘रेल्वे विधेयक, २०७६’ पेश भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका तर्फबाट डा खतिवडाले उक्त विधेयक पेश गरेका थिए ।

प्रतिक्रिया