मौषमः पहाडी भू–भागमा छिटपुट वर्षा, भोलीदेखि तीन दिनसम्म मुलुकभरको मौषम सफा रहने
२५ पुष, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार (आज)शुक्रबारदेखि मौसममा क्रमिक सुधार देखिने छ । मौषमविद्का अनुसार (भोली)शनिबारदेखि तीन दिन मुलुकभर मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने देखिन्छ । मुलुकभर शनिबारदेखि मात्र मौसममा सुधार देखिनेछ । मौसमी सुधार सोमबारसम्म कायम रहने देखिन्छ ।’ केही दिन यता मुलुकका पश्चिमी तथा मध्य र पूर्वी पहाडी भूभागमा बदली रहेको छ ।
यी भू–भागमा विहिवार पनि सामान्य बदली भएको थियो । मुलुकका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा पनि हल्का हिमपात भएको छ । (आज) शुक्रवार दिउँसो मुलुकका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने जनाइएको छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मध्य र पूर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । राती भने पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । शनिवार पनि पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया