शुक्रबार, वैशाख १४, २०८१

सरकारले सामुदायिक र निजी विद्यालयमा विभेद गरेको छैनः प्रमुख अधिकारी

नेपालखोज २०७६ पुष २५ गते ९:०८

२५ पुष, कनकाई । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सरकारले शिक्षा क्षेत्रमा सामुदायिक र निजीका नाममा विभेद नगरेको बताएका छन् ।

निजी तथा आवासीय विद्यालयको सङ्गठन प्याब्सन झापाको २९ औँ स्थापना दिवसको अवसरमा झापाको विर्तामोडमा आयोजित निजी विद्यालयको योगदान, अवसर, चुनौती र सम्भाव्यता विषयक अन्तरक्रियात्मक कार्यक्रममा उनले हिजोको र आजको परिस्थिति फरक भएकाले निजी विद्यालयका सञ्चालकलाई ढुक्क भएर लगानी गर्न अनुरोध गरेँ । सरकार जुनसुकै पार्टीको भए पनि समृद्धिको यात्रामा निजी क्षेत्र अझै सक्रिय हुनु पर्नेमा प्रदेश प्रमुख प्यासीले जोड दिए ।

शिक्षा क्षेत्रमा सरकारले ठूलो धनराशि खर्च गरे पनि लगानीको आधारमा सामुदायिक विद्यालयले प्रतिफल दिन नसकेको बताउँदै प्यासीले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयतर्फ विद्यार्थी किन आउँदैनन् भन्ने कुरामा विद्यालयका शिक्षकले गम्भीर भएर सोच्ने बेला आएको बताए । प्रदेश नं १ राजनीतिक, सामाजिक, शैक्षिक, बौद्धिकलगायत हरेक हिसाबले अग्रस्थानमा रहेको चर्चा गर्दै प्यासीले विशेषज्ञता हासिल गरेका व्यक्तिसँगको समन्वय र सुझाव ग्रहण गरेरै सबै पक्षलाई मान्य हुने गरीको शैक्षिक नीति निर्माण हुने गरेको उल्लेख गरेँ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य डा चन्द्र भण्डारीले अहिले दिइएको शिक्षा पूर्वीय वैदिक सभ्यता अनुकूल पनि नभएको र पूर्णरूपमा पाश्चात्य परम्परा अनुकूलको पनि नभएका कारण शिक्षा मूल्यवान हुन नसकेको बताए । शिक्षाको महत्व कायम राख्नका लागि पाठ्यक्रम परिवर्तन अनिवार्य रहेको उनको भनाइ थियो । गुरुकुल शिक्षा र मौलिक शिक्षाले व्यावहारिक ज्ञानसँगै परिवार, समाज र देशप्रति उत्तरदायी जनशक्ति उत्पादन गरेको जिकिर गर्दै केन्द्रीय सदस्य भण्डारीले पूर्वीय वैदिक सभ्यता अनुकूलको शिक्षा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया