बुधबार, वैशाख १२, २०८१

टिपरले किचेर धनुषामा युवकको मृत्यु, स्थानियद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपालखोज २०७६ पुष २५ गते ११:०९

२५ पुष, जनकपुरधाम । ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् ।

शुक्रबार आज बिहान धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय छोरा दिलीपकुमार महतो ‘ओमप्रकाश’ लाई ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेको थियो । अवैध गिट्टी बालुवा उत्खनन्को पटक–पटक विरोध गर्दै उनीसहितको टोली विरोधमा प्रहरी प्रशासन पुगेका थिए ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए ।

ट्रिपर चालक फरार भएकाले उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताए । घटनापश्चात मिथिला नगरपालिका ५ श्रीपुर रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया