केनको दुबै खुट्टामा चोट
नेपालखोज
२०७७ माघ १६ गते ११:२४
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमका फरवार्ड ह्यारी केनले खुट्टामा चोट बोकेका छन् ।
बिहीवार राति प्रिमियर लिग अन्तर्गतको खेलमा केनले चोट पाएका हुन् ।
घरेलु मैदानमा भएको खेलमा केनको दुबै खुट्टाको एन्कलमा चोट लागेको थियो ।
लिभरपुलका जोर्डन हेन्डरसनसँग जुध्न पुग्दा उनको देब्रे खुट्टाको एन्कलमा चोट लागेको हो ।
यस्तै लिभरपुलका थियागोको ट्याकलमा उनको दाहिने खुट्टाको एन्कलमा चोट लागेको हो ।
चोटका कारण केन ४६ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
दुबै खुट्टाको एन्कलमा चोट बोकेपछि केन अब केहि हप्ता मैदान बाहिरै रहने छन् ।
सम्बन्धित
प्रतिक्रिया