मंगलबार, वैशाख ११, २०८१

विश्व शेयर बजारमा सुधार

नेपालखोज २०७६ पुष २५ गते १६:२९

२५ पुस, काठमाडौँ । अमेरिका–ईरानबीचको तनाव केही शान्त भएसँगै विश्व शेयर बजारमा केही सुधार देखिएको छ । यि दुई देशको सम्बन्ध सुधारसँगै शेयर बजारमा केही सुधार भएपछि लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।

विशेषगरी विश्वका ठूला प्रविधि कम्पनीहरुको शेयरले शुक्रबारको बजारमा वृद्धि हासिल गर्नका लागि सहयोग गरेको देखिन्छ।

यसैगरी अमेरिका–चीनबीचको व्यापार सम्झौतामा जनवरी १५ मा हस्ताक्षर हुने खबरले पनि विश्व शेयर बजारलाई गति दिएको बताइएको छ।

४९ देशहरुको स्टक समाहित एमएससीआई हालसम्मकै सबैभन्दा धेरैले बढेको छ। यसैगरी एशिया–प्यासिफिक शेयर ०.१८ प्रतिशतले बढेको छ।

यसैगरी, एसएण्डपी इन्डेक्स ०.६७ प्रतिशतले बढेको छ। उक्त इन्डेक्सको प्राविधिक उपसूचकको शेयरमूल्य मात्र यसदिन १ प्रतिशतभन्दा धेरैले बढेको छ। २०१९ को डिसेम्बरमा आइफोनको वार्षिक बिक्री १८ प्रतिशतले बढेको भन्ने खबर सार्वजनिक भएसँगै एप्पल कम्पनीको शेयरमूल्य २.१ प्रतिशतले बढेको छ।

अमेरिका–ईरानका बीचको तनावमा कमी आएसँगै एशियाली शेयर बजार पनि मजबुत देखिएको छ।
अष्ट्रेलियाको शेयर बजार ०.७ प्रतिशतले बढेर उच्च रेकर्ड कायम गरेको छ। जापानको निक्केई सूचक ०.३४ प्रतिशतले बढेको छ । चिनीयाँ शेयर एसएसईसी सूचकमा पनि केही सुधार देखिएको छ।

भारतीय बजार सूचक सेन्सेक्स १०९ अंक अर्थात् ०.२६ प्रतिशतले बढेर ४१ हजार ५६१ को स्तरमा पुगेको छ भने निफ्टी सूचक २७ अंक अर्थात् ०.२२ प्रतिशतले बढेर १२ हजार २४३ को बिन्दुमा पुगेको छ।

प्रतिक्रिया