शुक्रबार, वैशाख १४, २०८१

ओली, दाहाल र तुम्बाहाम्फे फेरी वार्तामा, सुल्झिएला त सभामुख चयनको विषय ?

नेपालखोज २०७६ पुष २५ गते १७:०१

२५ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रतिनिधि सभाको सभामुख कस्लाई बनाउने भन्ने विषयमा गुटवन्दी चलिरहेकै बेला प्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्प कमल दहालले प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसँग भेटेका छन् । शुक्रबार प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र उपसभामुख तुम्बाहाम्फेबीच भेटवार्ता भएको हो।

उनिहरुबीच संसद सञ्चालन तथा सभामुखको निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । रिक्त सभामुख पदमा कसले उम्मेदवारी दिने भन्नेमा सत्तारुढ दलभित्र एकमत नहुँदा प्रतिनिधि सभा बैठक पटकपटक स्थगित हुँदै आएको छ । संसद सचिवालयका अनुसार पटक पटक संसद स्थागित हुँदा राम्रो सन्देश नजाने भन्दै आन्तरिक गतिरोध अन्त्य गर्न तर्फ लाग्न उपसभामुख तुम्बाहाम्फेले आग्रह गरेकी छन् ।

तर, पेचिलो बन्दै गएको सभामुख चयनको विषय त्यति चाँडै सेलाउने भने देखिदैन । सभामुख चयनकै विषयलाई लिएर विहिबार (हिजो) मात्रै पनि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता वामदेव गौतम, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छुट्ै बैठकबसी सभामुख चयनमा ओलीलाई सहयोग नगर्ने मनस्थिति बनाएका छन् ।

ओलीले पूर्व सभामुख सुवार चन्द्र नेम्बाङलाई पुन सभामुखको कुर्सीमा राख्न खोजेका छन् भने अध्यक्ष दाहाल पूर्व माओवादीबाटै सभामुख बन्नु पर्ने अडानमा छन् । नेता बामदेवले पनि पछिल्लो समय दाहालको ग्रुप तर्फ ढल्किएकाले यो विषय पुर्णत गुटगत गणितमा अड्किएको        देखिन्छ । सभामुख चयनका विषयमा यसरी जेलिदै गएको गाँठो अहिलेकै अवस्थामा त्यति सजिलै फुल्न भने देखिदैन ।

प्रतिक्रिया